यस्ता मृत्यु जसले विश्वलाई नै चकित पार्यो

यस्ता मृत्यु जसले विश्वलाई नै चकित पार्यो

एजेन्सी । जन्म पछि मृत्यु अवश्य हुन्छ । यो तथ्यलाई कसैले नकार्न सक्दैन । तर, केही यस्ता मृत्यु पनि भए जसले विश्वलाई नै चकित पारेको थियो । यी हुन् संसारलाई चकित पारेका मृत्युका घटनाहरु ।

१) थाइल्याण्डकी रानी कुमारी रतनाको डुंगा पल्टिएर मृत्यु भयो । दुर्घटनास्थलमा धेरै मानिसहर थिए । तर, ती रानीलाई कसैले बचाएन किनभने उनलाई कसैले छुनबाट मनाह गरिएको थियो ।

२) रसियाकी फागील्यु मुकामेटज्यानोभको मृत्यु भयो भन्ने ठानेर उनलाई कफिन(मुर्दा राख्ने काठको बाकस) मा राखिएको थियो । तर, उनी मृत अवस्थामा भने थिइनन् । आफैंलाई कफीनमा भेटेपछि आत्तिएर त्यसबेला नै उनको मृत्यु भयो ।

३) ग्रिक फिलिसोफर क्रिसिप्पस गधाले एक प्रकारको फल खाएको देखेर यति धेरै हाँसे की, धेरै हाँसेरै उनको मृत्यु भयो ।

४) मोन्ट्रियलकी मारिया पान्टाजोपाउलोसको भर्खरै विवाह भएको थियो । विवाहको फोटोसुट भइरहेको बेलामा खोलामा खसेर उनको मृत्यु भयो ।

५) जर्ज अस्टिन गिनग्रिच ग्राण्ड क्यान्योनबाट खसेजस्तो नाटक गर्दा गर्दै साँच्चिकै खसे । शरीरलाई सन्तुलनमा ल्याउन नसकेपछि त्यहाँबाट खसेर उनको मृत्यु भयो ।

६) सन् १९५८ मा अभिनेता गारेथ जोन्स स्टेजमा लाइभ नाटक प्रदर्शन गर्दै थिए । नाटकमा उनले हृदयघात हुने भूमिका निभाउनु पर्ने थियो । भूमिका निभाउने क्रममा उनलाई साँच्चै हृदयघात भयो र उनको निधन भयो ।

७) ब्रिटेनका रेसिङ ड्राइभर अलान स्टासे कार चलाउँदा उनको आँखाबाट चरा उडेपछि कन्ट्रोल गुमाएर दुर्घटनामा उनको निधन भयो ।

८) दिल्लीका डेप्युटी मेयर सुरिन्दर सिंह बाजवाको बरण्डाबाट बाँदर धपाउने क्रममा खसेर मृत्यु भयो ।

९) न्यू योर्कका फ्रांक हायसले मृत्यु भएपछि घोडा दौड जिते । दौडको मध्यन्तरमा उनलाई हृदयघाट भएको थियो । त्यहीँ उनको मृत्यु भयो तर उक्त रेस उनैले जिते ।

 

संम्बधित खबर

विशेष