News

गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

राजविराज । ‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगविरुद्व शुक्रबारबाट राजविराजमा हस्ताक्षर अभियान प्रारम्भ गरेको छ ।

राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिलो हस्ताक्षर गर्दै अभियानको प्रारम्भ गरे ।

उनले गुटखाजन्य पदार्थ सेवन गर्ने युवा शक्तिको संख्या बढिरहेको बताउँदै यसलाई कमी ल्याउन नगरपालिकाले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र स्थानीय निकायका प्रमुखलाई बुझाएर बिक्री र प्रयोग बन्द गराउन दबाब दिइने सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले बताए ।

सो अभियानका क्रममा नागरिक समाजका कावा अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका पूर्व प्रमुख शैलेश चौधरीलगायतको सहभागिता रहेको थियो ।

विशेष