News

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताएका छन् । 

संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित गोठाटारमा आज आयोजित चुनावी कार्यक्रममा उनले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका विभिन्न दृष्टिकोणको स्वरुपलाई पूरा गर्न वाम गठबन्धनसँग आवश्यक कार्यक्रम रहेको बताए । 

स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अव जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा समन्वय हुनुपर्ने औँल्याए । 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार समेत रहेका नेता नेपालले देशको मुहार बदल्नका लागि वाम गठबन्धन गरिएको बताए । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य प्रकाश गौतमले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विधिको शासन कायम गर्ने वाम गठबन्धनको प्राथमिकता रहेको उल्लेख गरे । 

bam gathabandan madhav kumar nepal

विशेष