विदेश

हिंसात्मक झडपमा १९ पक्राउ

हिंसात्मक झडपमा १९ पक्राउ

कोलोम्बो । श्रीलङ्काको दक्षिणी भागमा पर्ने गल्ले जिल्लामा शुक्रबार रातिबाट सुरु भएको हिंसात्मक झडपमा कम्तीमा १९ जना पक्राउ परेका छन् । 

हिंसात्मक क्रियाकलापको कारण शुक्रबार रातिबाट लगाइएको कफर््यु शनिबार खुल्ला गरिएको बताइएको छ । गल्ले जिल्लाको छ वटा इलाकामा कर्फ्यु लगाइएको श्रीलङ्काली प्रहरीले शनिबार जानकारी दिएको छ । 

कर्फ्यु हटाइएपनि सुरक्षाको दृष्टिकोणबाट सम्बेदनशिल मानिएका ती इलाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको समाचारमा बताइएको छ । शुक्रबार बेलुकाबाट बौद्धधर्मावलम्बी र मुसलमान समूदायबीच भएको विवाद चर्किदै गएपछि झडपको अवस्था आएको हो । 

झडप भइका ठाँउहरुमा सयौंको सङ्ख्यामा सुरक्षा अधिकारीहरु तैनाथ रहेका छन् । दुई समू्हबीच भएको विवादको केही समयपछि हिंसात्मक झडपमा परिणत भएको बताइएको छ । 

झपडमा परी कैयौ व्यक्तिहरु घाइते भएका र स्थानीय भवनहरु पनि क्षतिग्रस्त भएका समाचारमा जनाइएको छ । 

srilanka

विशेष