News

मिस वर्ल्डकाे ताज भारतकी मानुषीलार्इ

मिस वर्ल्डकाे ताज भारतकी मानुषीलार्इ

यो वर्षको मिस वर्ल्ड उपाधि मिस इन्डिया मानुषी चिल्लरले जितेकी छिन् । चीनकाे सान्यामा सम्पन्न मिस वर्ल्डकाे टप ४० बाट मानुषीले ताज पहिरिन सफल भएकि हुन् ।

त्यस्तै मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन् । यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन् । मिस नेपाल डान्सेज अफ दि वर्ल्डमा भने नेपाली पहिरनमा नाच्दै देखा परिन् । 

मल्टिमिडिया च्यालेन्जको विजेता मिस मंगोलिया भइन् । त्यसैगरी ब्युटी विद् अ पर्पोजमा पनि छाउपडी प्रथाविरोधी नीकिताको अभियान टप फाइभमा पर्न सकेन । टप फाइभमा दक्षिण अफ्रिका, भियतनाम, भारत, इन्डोनेसिया र फिलिपिन्सका सुन्दरीको अभियान पर्‍यो । यस पटक पाँचै जनालाई विजयी घोषणा गरियो । 




विशेष