News

महानगरकी महिला सदस्य जवान छोरा र पति छाडेर गइन् भारतीयसँग

महानगरकी महिला सदस्य जवान छोरा र पति छाडेर गइन् भारतीयसँग

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा सदस्यमा निर्वाचित एक महिलाले पति र जवान छोराहरु छाडेर दोस्रो विवाह गरेपछि यो विषय स्थानीयबीच निकै चर्चित बनेको छ ।

भरतपुर महानगरपालिका २ कि महिला कोटाबाट सदस्य बनेकी सरिता सुवेदीले यातायात व्यवसायी पति, बुहारी भित्रयाएका जेठा छोरा र अष्ट्रेलिया पढ्दै गरेका कान्छा छोरालाई छाडेर दोस्रो विवाह गरेकी हुन । नेकपा एमालेकी यी नेतृ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ एलिजा पराजुलीलाई पराजित गरी विजयी भएकी थिइन ।

३९ वर्षिया सरिता जलदेवी सामुदायिक वनकी सचिव सहित रहेकी छन् । उनले भारतीय नागरिक अभितसंग विवाह गरेर हिँडेकी छन् । उनी कपडा व्यापारी हुन् । भारतको सुरत घर भएका अमितकेही समयदेखि भरतपुरमा व्वयसाय गर्दै आएका थिए ।

जनप्रतिनिधी भएपछि उनी बारम्बार काठमाडौ. जान थालेपछि परिवारमा शंका पैदा भएको थियो । उनले गत असोज २८ गते सधैका लागि घर छाडेर हिडन । केहीदिन बेखबर भएकी उनलाई परिवारले खोजी गर्यो । आफू विवाह गरेर हिँडीेसकेकाले नवपतिको अनुहार देखाँउदै अब आफूलाई खोजी नगर्न आग्रह गरिन ।

घटना विचार

विशेष