News

सुतेकै ठाउँमा प्रकाश दाहालको मृत्यु, यसरी लगिएको थियो अस्पताल

सुतेकै ठाउँमा प्रकाश दाहालको मृत्यु, यसरी लगिएको थियो अस्पताल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका एक मात्र पुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित सुतेकै ठाउँमा भएको समाचार छ । यद्यपि यस विषयमा स्वतन्त्र पुष्टि हुन सकेको छैन । नर्भिक अस्पतालले मृत्युबारे जानकारी दिन केहीबेरमै पत्रकार सम्मेलन गर्दै छ । 

चुनावी कार्यक्रममा व्यस्त प्रकाश दाहाल तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै चितवनबाट काठमाडौं आएका थिए । तर प्रचण्ड भने झापातिर लागेका थिए । बाबु प्रचण्डको हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएका प्रकाश शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए । उनले राति ८ बजेतिर आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए ।

त्यसबेला लाजिम्पाटस्थित निवासमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । विहान चाँडै उठ्ने स्वभावका प्रकाश दाहाल आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसेको र उठाउन खोज्दा चलमल नगरेको बताइएको छ । छोरो अचेत अवस्थामा देखेपछि आमाले सन्तु दराई (परवाना) लाई बोलाएर गाडीमा हालेर नर्भिक अस्पताल पु¥याएको र त्यसबेलासम्म उनको मृत्यु भइसकेको बताइएको छ ।

विशेष