को हुन् प्रकाश दाहाल
प्रकाश दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र छोरा थिए। उनले आफ्ना बुबा प्रचण्डका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। भूमिगतकालदेखि नै उनले आफ्ना बुबा प्रचण्डलाई सघाउँदै आएका थिए।
आफूले बुबा र पार्टीलाई सहयोग गर्ने जिम्मेवारीका कारण पढ्न नपाएको प्रकाशले बताउने गर्थे।
कम्प्युटरमा रुचि र जानकार भएकोले दिवंगत नेता पोष्टबहादुर बोगटीले बुबा प्रचण्डको सचिवालयको जिम्मा आफूलाई दिएको प्रकाशले बताउने गर्थे । सगरमाथा आरोहणका लागि पाँच वर्षअघि तत्कालीन सरकारले उनलाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि त्यसको चर्को आलोचना भएको थियो। त्यसपछि प्रकाशले सरकारी रकम नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।
प्रकाशका दुई श्रीमती र दुई छोरा छन्। बहुविवाहलाई लिएर उनको आलोचना हुने गरेको थियो।