अरुको तस्बीर राखेर ‘प्रकाशको हत्या !’ भन्दै गरिँदैछ दूष्प्रचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र पुत्र प्रकाश दाहालको निधनपछि उनको परिवार शोकमा डुबेको छ । आफन्तहरु भावविह्वल बनेका छन् । शुभचिन्तकहरुमा निराशा र दुःख छ ।
प्रकाशको निधनको कारण हृदयघात मानिएको छ । उनको शरीरमा कतै पनि कुनै खालेको चोट नदेखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तर प्रकाशसँग मिल्ने अनुहारको व्यक्तिको तस्बीर सामाजिक सञ्जालहरुमा टाँसेर ‘प्रकाशको हत्या भएको हुन सक्ने ’ भन्दै अफवाह फैल्याउने काम भइरहेको छ ।
प्रकाशको शव देखेकाहरुले लेखेका छन्, ‘उनको शरीरमा चोट छैन । दिइएको व्यक्ति प्रकाश दाहाल होइनन् । अनुहार केही मिल्ने मात्रै हो ।’