News

एकअर्कालाई देख्नासाथ भक्कानिए बाबुराम र प्रचण्ड

एकअर्कालाई देख्नासाथ भक्कानिए बाबुराम र प्रचण्ड

काठमाडौं । २०५२ सालमा माओवादीले सशत्र युद्ध सुरु गरेदेखि नै डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल सँगसँगै रहे । हरेक समारोहमा जहाँ जहाँ प्रचण्ड पुग्थे त्यहाँ त्यहाँ बाबुराम पनि सँगै थिए । बाबुरामले पार्टी फुटाएर नयाँ शक्ति पार्टी घोषणा गरेदेखि बिग्रिएको प्रचण्ड र बाबुरामको सम्बन्ध एक पटक फेरि भावनात्मक रुपमा जोडिएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा गोरखामा रहेका बाबुराम प्रकाश दाहालको निधमा शोक व्यक्त गर्न काठमाडौं आइपुगे । पार्टी परित्याग गरेदेखि पेरिसडाँडामा नटेकेका भट्टराई श्रद्धाञ्जली अर्पण गर्नेवित्तिकै माओवादी पार्टी कार्यालयको माथिल्लो तल्लामा चढेर सिधै प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भट्टराई र प्रचण्डले एक अर्कालाई देख्नेवित्तिकै भक्कानिसकेका थिए । भावनालाई गुम्साउन नसकेका दुवै भेट हुनासाथ घ्वाप्लक्क अंगालो मारेर क्वाँ क्वाँ रुन थाले । शोकाकुल अवस्थाको दृश्य क्यामेरामा कैद गर्ने हिम्मत कसैमा जुट्न सकेन ।

 

baburam

विशेष