विदेश

यी हुन् भारतीय सुन्दरी जसले १७ वर्ष पछि मिस वर्ल्डको ताज भारत भित्राइन

यी हुन् भारतीय सुन्दरी जसले १७ वर्ष पछि मिस वर्ल्डको ताज भारत भित्राइन

काठमाडौं। भारतीय सुन्दरी मानुषी चिल्लर यो वर्षको मिस वर्ल्ड बन्न सफल भएकी छन् ।

भारतको हरियाणा राज्यकी २० वर्षीया चिल्लर चीनमा सम्पन्न ६७ औं मिस वर्ल्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् ।

चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहि¥याएकी थिइन् ।

सन् २००० पछि भारतका कुनै पनि सुन्दरीले मिस वर्ल्डको उपाधी जितेको यो पहिलो पटक हो । चिल्लर मेडिकल शिक्षामा अन्तिम वर्ष अध्ययन गरिरहेकी विद्यार्थी हुन् ।

मिस वर्ल्ड २०१७ मा नेपालको तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउन्डबाट अगाडि बढ्न सकिनन् ।

विशेष