News

प्रकाश दाहाललाई हृदयाघात !

प्रकाश दाहाललाई हृदयाघात !

 

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।

त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । विभिन्न सञ्चार माध्यममले उनको निधन भएको समाचार सम्प्रेषण गरे पनि अस्पतालले यसको पुष्टि गरेको छैन ।

विशेष