News

गोली प्रहारबाट महिला गम्भिर घाइते

गोली प्रहारबाट महिला गम्भिर घाइते


सर्लाही । अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् ।

आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ ।

उनलाई उपचारार्थ वीरगंज पठाइएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । चिनेजानेकै ब्यक्तिले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ

 

विशेष