विदेश

कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु

कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु

सन् १९६० को दशकको कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु भएको छ । नौ जन्मकैदको सजाय पाएका ८३ वर्षीय म्यानसनलाई जेलमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सन् १९६९ मा उनको निर्देशनमा अमेरिकाको क्यालिफोर्नियामा ७ व्यक्तिको हत्या भएको थियो । हत्या गरिएकामध्ये हलिउड अभिनेत्री स्यारोन टेट पनि थिइन्, जो प्रसिद्ध निर्देशक रोमन पोलन्स्कीकी पत्नी थिइन् । उनको घरमा भएका अन्य चार व्यक्तिको पनि हत्या भएको थियो ।

‘म्यानसन परिवार’ भनिने आफ्ना समर्थकद्वारा अपराध गराएका म्यासनलाई पहिले मृत्युदण्ड सुनाइएको थियो । तर त्यो बेला समयका लागि सो राज्यमा मृत्युदण्डमाथि प्रतिबन्ध लगाइएका कारण उनलाई जेल सजाय दिइएको थियो । एजेन्सी

charles manson

विशेष