News

विप्लव पार्टीका तीन कार्यकर्ता पक्राउ

विप्लव पार्टीका तीन कार्यकर्ता पक्राउ

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । 

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए । विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उनले बताए । निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको उनको भनाइ छ । 

biplop maobadi

विशेष