News

एमबीबीएस प्रवेश परीक्षा रद्द

एमबीबीएस प्रवेश परीक्षा रद्द

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा दद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतवारको बैठकले असोज २८ गते लिएको प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रहरीले फेला पारेको उत्तर उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्न्पत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसैका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निचोड निकालेका थिए । आजको कान्तिपुरमा खबर छ ।

विशेष