News

बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् ।

बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त भेट्नै आए ।

‘मलाई पक्राउ गरेपछि बुबाले कुनै वास्ता गर्नुभएको छैन । फोनसमेत गर्नु भएन,’ गत कात्तिक २२ मा जिल्लाको मिझिङबाट पक्राउ परेका सन्तोषले भने, ‘बाउछोराबीच वैचारिक भिन्नता भए पनि पारिवारिक सम्बन्ध त छँदैछ नि । म उहाँको छोरा हुँ ।’

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले सन्तोषसहित दलबहादुर खत्री ९जागृति०लाई पनि पक्राउ गरेको थियो । सुवेदीका छोरा सन्तोष नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का रोल्पा सचिव हुन् । खत्री जिल्ला इन्चार्ज हुन् । –कान्तिपुर

विशेष