News

रहेनन् साहित्यकार कविताराम श्रेष्ठ

रहेनन् साहित्यकार कविताराम श्रेष्ठ


काठमाडौं । साहित्यकार डा. कविताराम श्रेष्ठको आइतबार निधन भएको छ । बेलायतमा रहँदै आएका ७० वर्षका श्रेष्ठ लामो समयदेखि क्यान्सरबाट पीडित थिए । श्रेष्ठलाई चिकित्सकले मिति दिए पनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग हारिरहेको बताउँदै आएका थिए।

श्रेष्ठका ३७ वटा पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन्। उनी विगत एक दशकदेखि बेलायत बस्दै आएका थिए। भिजिटिङ प्रोफेसरका रूपमा लामो समय काम गरेका श्रेष्ठले अधिकांश समय साहित्य क्षेत्रमा बिताएका थिए।

एक वर्षअघि उनलाई ब्लड क्यान्सर भएको थाहा भएको थियो। श्रेष्ठका कालो कथा, मुक्ति प्रसङ्गका अस्वीकृत कथाहरू, विघटन आदि कथा, उपन्यासहरू प्रकाशित छन्। पछिल्लो समय बुद्ध दर्शनको अध्ययन र लेखनमा समर्पित श्रेष्ठ नेपाली साहित्यमा बुटपालिस अभियानमा संलग्न र हाल अस्वीकृत आन्दोलनमा सक्रिय थिए।

विशेष