विदेश

मोरक्कोमा भागदौड मच्चिदा १५ को मृत्यु, ४० घाइते

मोरक्कोमा भागदौड मच्चिदा १५ को मृत्यु, ४० घाइते

एजेन्सी। मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

घटनामा ४० जना भन्दा धेरै घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो । स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो ।

मृत्यु हुने तथा घाइते हुनेमा धेरैजसो बृद्धबृद्धा रहेको बिबिसीले उल्लेख गरेको छ । अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुलेको छैन ।

विशेष