News

एसपी भण्डारीले दिए राजीनामा यस्तो छ कारण

एसपी भण्डारीले दिए राजीनामा यस्तो छ कारण

काठमाडौं । नेपाल प्रहरीका एसपी गोरख सिंहले भण्डारीले राजीनामा दिएका छन् ।

प्रहरी भित्रको चरम गुटबन्दीका कारण उनले राजीनामा दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले भण्डारीले राजीनामा दिएको पुष्टि गरेको छ । तर निर्वाचन आचार संहिता लागू भएका कारण उनको राजीनामा भने स्विकृत भएको छैन ।

प्रहरी भित्र पटक पटक गुटबन्दीको शिकार बनाइएका उनले डीएसपी छँदा नै तीन वर्षअघि राजीनामा दिने तयारी गरेका थिए । हाल जिल्ला प्रहरी कार्यालय स्यांजा दरबन्दी भएका भण्डारीको राजीनामा तीन दिनअघि प्रहरी मुख्यालयमा दर्ता भएको हो । २०५२ कार्तिक २७ गते इन्सपेक्टरबाट प्रहरी सेवा शुरु गरेका भण्डारी २०६४ साउन १ गते डीएसपी तथा २०७२ फागुनमा एसपीमा बढुवा भएका थिए । उनले डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय लमजुङ तथा गोरखा, महानगरीय प्रहरी वृत नयाँ बानेश्वर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रक्षिण प्रतिष्ठान तथा इन्सपेक्टर हुदा प्रभाग गौशला, मंलबजारको नेतत्व गरेका थिए । उनी प्रहरी रत्न पुरस्कारबाट समेत विभूषित भइसकेका अधिकृत हुन् ।

नेपाल प्रहरीमा पछिल्लो समयमा सरुवा तथा बढुवामा कार्य क्षमता तथा दक्षता भन्दा पनि नातावाद, गुटवाद र धनवाद हाबी हुदै गइरहेको भन्दै अधिकांश प्रहरी अधिकृतहरु निरास बनेका छन । 

विशेष