News

सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा

सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा

बेँसीशहर, लमजुङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ । 

निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताएका छन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ । 

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बतााए । 

निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर, तर्साएरभन्दा पनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गरे । जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसँगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कमलसिंह बम लगायतको टोली लमजुङ आएको थियो । 

सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिएको छ । साथै सुरक्षामा शंका लागेमा प्रशासनलाई जानकारी दिनसमेत आग्रह गरेको छ । 

nirbachan cctv

विशेष