News

रत्नपार्कबाट ३ किलो सुनसहित २ जना पक्राउ

रत्नपार्कबाट ३ किलो सुनसहित २ जना पक्राउ

रत्नपार्कबाट प्रहरीले ३ किलाे सुनसहित २ जनालार्इ पक्राउ गरेकाे छ । 

काठमाडौं महानगरपालिका–२८ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका–३ महाराजगंज घर भई हाल ढल्कु बस्ने २४ वर्षीय मोहन महर्जन र काठमाडौं महानगरपालिका–३२ जडिबुटीका २२ वर्षीय आयुष बज्राचार्यलार्इ सुन सहित नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

gold

विशेष