News

१७ किलो सुन सहित एक युवक पक्राउ

१७ किलो सुन सहित एक युवक पक्राउ


लमजुङ । लमजुङमा अनुमानित १७ किलो सुन समातिएको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आनाकानी गरी मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

उनका अनुसार मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको छ । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं। को मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए ।

विशेष