News

अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट

अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट

काठमाडौं । व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छैनन् ।

संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ । अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ ।

संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल समाचारपत्र

विशेष