News

नागरिक उड्डयन प्राधिकरण बोर्डबाट हटे आचार्य

नागरिक उड्डयन प्राधिकरण बोर्डबाट हटे आचार्य

काठमाडौं ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री जितेन्द्रनारायण देवले नागरिक उडड्यान प्राधिकरण (क्यान)को महानिर्देशक बनाउन असफल भएपछि सहसचिव सुरेश आचार्यलाई हवाई उद्योग महाशाखाको प्रमुख बनाएका छन् ।

आचार्यलाई क्यान सञ्चालक समितिको सदस्यबाट फिर्ता गरी नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य बनाइएको छ । मन्त्रीले यसअघि क्यानका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर आचार्यलाई महानिर्देशक बनाउन खोजेका थिए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री कृपासुर शेर्पाले आचाचर्यलाई हवाई उद्योग महाशाखाबाट सरुवा गरी प्राधिकरण सुपरिवेक्षणमा पुर्याएका थिए । आजको अन्नपूर्णमा खबर छ ।

विशेष