News

बाबुको किरियामा बसेका ‘विप्लब’ समूहका जिल्ला इन्चार्ज पक्राउ

बाबुको किरियामा बसेका ‘विप्लब’ समूहका जिल्ला इन्चार्ज पक्राउ

बैतडी। बुवाको किरियामा बसेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बैतडीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरवाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समुहले उचछृंखल गतिबिधी गरेर नागरिकलाई त्रास तथा चुनाव भाडिने भन्दै जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुवाको निधन भएको ११ दिनमा किरिया बसेका जोशीलाइ प्रहरीले माथीको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् ।

प्रहरीले यसअघि पनि बैतडीमा विप्लवका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।

विशेष