विदेश

उत्तर कोरियाली शासक किमलाई हृदयघात !

उत्तर कोरियाली शासक किमलाई हृदयघात !

 

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन बिरामी परेका कारण मिसाइल परीक्षण रोकिएको छ । बेलायती सञ्चारमाध्यमले जनाएअनुसार उनको स्वास्थ्य खराब भएका कारण विगत दुई महिनादेखि मिसाइल परीक्षण रोकिएको छ ।

दुई महिना पहिला उत्तर कोरिया लगातार मिसाइल टेस्ट गर्दै आइरहेको थियो । उसले जापानको आकाशबाट दुईपटक मिसाइल छोडेको थियो । बेलायतको एक समाचार अनुसार उत्तर कोरिया आफ्नो सुप्रीम कमाण्डरको स्वास्थ्यलाई ध्यानमा राखेर मिसाइल टेस्ट गरिरहेको छैन ।

रिपोर्टका अनुसार कस्मेटिक सर्जरी प्लान्टमा ३३ वर्षका किम आफ्नो खुट्टामा उभिनका लागि समस्यामा छन् जसका कारण उनका लागि फोल्डिङ मेच ल्याइएको छ । बेलायतको डेली स्टारका अनुसार किम मुटु, डाइबेटिज तथा हाइपरटेन्सनसँग जुधिरहेका छन् ।

विशेष