विदेश

झाडापखालाका कारण वार्षिक ९५ हजार बालबालिकाको मृत्यु

झाडापखालाका कारण वार्षिक ९५ हजार बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै ९५ हजार बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । 

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । 

“झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झण्डै ८० हजार जना पाँच वर्ष मुनिका बालबालिका रहेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ । शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकालाई झाडापखाला हुनेगरेको पाइएको छ । यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताए । 

विशेष