News

दलाई लामा भन्छन्, बुद्ध भारतमै जन्मेका थिए, मुर्ख नपालीहरु मात्र नेपालमा जन्मेको भन्छन्

दलाई लामा भन्छन्, बुद्ध भारतमै जन्मेका थिए, मुर्ख नपालीहरु मात्र नेपालमा जन्मेको भन्छन्

काठमाडौं । तिब्बतका धर्मगुरु दलाई लामाले हालै बुद्ध भारतीय हुन् र बेबकुफ नेपालीहरु बुद्ध नेपालमा जन्मिएका हुन् भनेर हल्ला फैलाउनु बकवास मात्र हो भनेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । उनले आफ्नो एक भाषणका क्रममा बुद्ध भारतीय भएको र आफ्नो ज्ञान बाँड्न एशिया भरी यात्रा गरेको खुलाएका छन् । 

‘ती मुर्खहरु हुन् जो बुद्धलाई नेपाली हो भन्छन्, विशाल भारतभित्र बुद्धको जन्म भएको थियो,’ उनले भनेका छन् । उनको कुराले नेपाल भारतमै थियो भन्ने प्रस्ट पारेको छ । तर सामाजिक सञ्जालमा युवाहरुले दलाई लामाको यो भाषणलाई नेपालविरोधी हर्कत भनेर भाइरल बनाइएको छ । इतिहासमा नेपाल कहिले पनि कुनै पनि देशको अधिनमा थिएन भन्ने ज्ञान दलाई लामालाई रहेनछ भन्दै उनको आलोचना गरिएको छ ।

अमेरिका भ्रमणमा रहेकी नेपालकी चर्चित गायिक आस्था राउतले पनि फेसबुक मार्फत लामाले नेपालीसँग माफ माग्नु पर्ने र उनलाई यस्तो बोल्न लाज लाग्नु पर्ने भनेर विरोध गरेकी छन् । ‘लामाको कुरा सुनेर उनी जस्तो बौद्ध भिक्षु पनि भारतले धर्मशालामा बस्न दियो भनेर बुद्ध भारतीय हुन् भन्दै हिडेको देख्दा आश्चर्यमा परेकी छु,’ उनले लेखेकी छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दलाई लामाले नेपालसँग माफी माग्नु गर्ने बताएका छन् ।

 

विशेष