News

चुनाव विथोल्न खोज्ने अनेरास्ववियुको अध्यक्ष नविना लामाका बाबु बानेश्वरबाट पक्राउ

चुनाव विथोल्न खोज्ने अनेरास्ववियुको अध्यक्ष नविना लामाका बाबु बानेश्वरबाट पक्राउ


काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मणिक लामालाई प्रहरीले पक्राउ गरेका छ ।

लामालाई उनकै निवास नयाँ वानेश्वरबाट प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । लामा विप्लव माओवादीका केन्द्रीय सदस्य रहेको र उनी निर्वाचन विथोल्ने काममा सक्रिय रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । लामा विरामी अवस्थामा रहेको जनाइएको छ ।

मणिक लामा माओवादी राजनीतिमा सक्रिय रहे पनि उनकी छोरी नवीना लामा भने एमालेको विद्यार्थी संगठनकी अध्यक्ष छन् ।

विशेष