News

चार जना एआईजीमा बढुवा, दुई जना बने प्रदेश प्रमुख

चार जना एआईजीमा बढुवा, दुई जना बने प्रदेश प्रमुख

काठमाडौं, ६ मंसिर । सरकारले बुधबार चार जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बढुवा भएकामध्ये दुई जनालाई बुधबारदेखि नै प्रदेश प्रमुख बनाइएको छ । 

गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको हो ।

बैठकले बढुवा भएकामध्ये मधुप्रसाड पुडासैनी र माधव नेपाललाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ । बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी विजय भट्टलाई प्रधान कार्यालय तानी त्यहाँ क्रमशः मधुप्रसाद पुडासैनी र माधव नेपाललाई सरुवा गरेको हो ।

यस्तै, पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

विशेष