आरजू भाउजू संकटमा, नजिकका कार्यकर्ताले नै हाले वागी
धनगढी । पूर्व विद्यार्थी नेता एवम् कांग्रेस महासमिती सदस्य क्षितिज भण्डारीले प्रतिनिधी सभा प्रत्यक्ष तर्फ कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा विरुद्ध वागी उमेरद्वारी आज दर्ता गराएका छन् ।
उनले सम्पूर्ण कांग्रेसप्रेमी र बिपी कोइरालाको भावना विपरीत आरजू राणाको उम्मेद्वारी एकलौटी रुपमा आएकोमा आफूले मनोनयन दर्ता गराएको पुष्टी गरेका छन् ।
यस संवन्धमा पार्टीले भण्डारीलाई कुनैपनि पत्राचार गरेको छैन् । तामझामका साथ गरीएको मनोनयन दर्ताले कांग्रेसमा उनको राजनितीक भविस्य के हुने भन्ने अन्योल भएको उनि निकट एक नेविसंघका नेताले बताए । ‘पार्टीले उनलाई कारवाही गर्ने हो वा सम्झाई बुझाई उमेरद्वारी फीर्ता गर्न लाउन हो त्यो भने हेर्न बाकीं छ । ’ ति विद्यार्थी नेताले भने ।
भण्डारी परिवार स्थापनाकाल देखीनै नेपाली कांग्रेसमा सकृय रहीआएको छ । प्रसस्त जग्गा जमिनका मालीक क्षितिज भण्डारी स्थानीय स्तरमा ज्यादै लोकप्रिय छन् । उनले सप्तरीका बाढििपडीतलाई आफ्नी आमाको नामबाट रु १० लाख सहयोग गरेका थिए ।