News

आश्चर्यजनक ढंगले कमाएको अर्बौं बेचेर सुमार्गी देश छाड्ने तयारीमा

आश्चर्यजनक ढंगले कमाएको अर्बौं बेचेर सुमार्गी देश छाड्ने तयारीमा

काठमाडौं । नेपालका नवधनाड्य अजय सुमार्गीले फ्रान्सेली राजदूतको निवास झण्डै ८२ करोडमा किनेर अहिले बेच्न लागेका छन् ।

साउदी अरेवियन दुतावसको प्रयोजनार्थ विशलनगरको उक्त भब्य बंगला विक्रि हुन लागेको हो । यसबीच उनले आफ्नो नाममा रहेको अरु चल सम्पत्ति पनि अंशबण्डा जस्तो गरेर श्रीमातीको नाममा सारिसकेका छन् ।

उता यहीबेला सम्पत्ति सुद्दीकरण्ण विभाग र नेपाल प्रहरीको सीआईबी मिलेर सुमार्गीको सम्बपत्बिारे छानबिन थालेका छन् । के पनि भिनन्छ भने वामपन्थीहरुको सरकार बन्यो भने सुमार्गी यो देश छाडेर अन्यत्र पलायन हुने खतरा छ ।

तीनकुनेदेखि माइतीघरसम्म मेरो १८ रोपनी जग्गा छ भन्छन् सुमार्गी । रातारात यत्रो सम्पत्ति कहाँबाट आये ? आखिर उनी १२–१३ वर्षअघिसम्म मकवानपुरमा सामान्य क्रसर व्यवसायीमात्र थिए । नेपाल स्याटेलाईटलाई डेढ अर्ब तिर्न बाँकी छ । अहिले भटाभट सम्पत्ति मिलान गर्नमा व्यस्त छन् । देउवाले चुनाव जिते र कांग्रेसको सरकार बने बस्ने नत्र पलायन हुे सुरमा उनी रहेको बताइन्छ ।

जनआस्था साप्ताहिकबाट

विशेष