विदेश

दक्षिण सुडानमा भएको भडपमा २५ जनाको मृत्यु

दक्षिण सुडानमा भएको भडपमा २५ जनाको मृत्यु

जुवा । उत्तर दक्षिण सुडानी लीर भन्ने ठाँउमा भएको भीडन्तमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

सरकारी सेना र विद्रोही लडाकूबीचमा भएको पछिल्लो ताजा भीडन्तमा ती आम नागरिकहरु मारिएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । दक्षिणी सुडानको लिएच राज्यका सूचना मन्त्री पिटर मकौथ मलौलले सरकारी सेना र सुडान पिपल्स् लिबरेसन मोभमेन्ट इन अपोजिसन (एसपीएलएआईओ) बीचको भीडन्त यसै हप्ताको सुरुमा सुरु भई बिहीबार सम्म चलेको थियो । 

सरकारी सेनासँग भीडन्त गर्ने यो विद्रोही संगठन पुर्व उपराष्ट्रपति रिएक मचारप्रति तुलनात्मक रुपमा नरम मानिन्छ । मलौलले कम्तीमा २० जना विद्रोही लडाकू र अरु पाँच जना सरकारी सेनाका सिपाहीहरु भीडन्तका क्रममा मारिएको जानकारी दिए । 

मन्त्री मलौलले हिंसात्मक भीडन्तको सुरुवात विद्रोहीहरुले नै गरेको आरोप लगाउँदै सरकारी पक्षले जवाफी रक्षात्मक कारबाही मात्रै गरेको दाबी गरे । “गत नोभेम्बर १९ देखि विद्रोही लडाकूहरुले लिएक राज्यको लीरमा हामी माथी आक्रमण गरे, सरकारी सुरक्षाकर्मीहरुले आफ्नो रक्षाका लागि जवाफी आक्रमण गरे, त्यसपछि धेरै विद्रोही पक्षमा र थोरै सरकारी पक्षमा क्षति भयो,” उनले भने । 

South Sudan

विशेष