News

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा

काठमाडौ । निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् ।उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो ।

सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर मध्ये धनुषा कुर्थासम्म ३५ किमि रेलमार्ग लिक बिछ्याउन लागिएको हो ।यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ । सन्तोष न्यौपानेले आजको नागरि दैनिकमा लेखेका छन् । आजको नागरिकमा खवर छ ।

विशेष