News

बुढीगण्डकी आयोजना अब सरकार आफैले बनाउने

बुढीगण्डकी आयोजना अब सरकार आफैले बनाउने

काठमाडौं । सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको उपप्रधान एवं ऊर्जा मन्त्री कमल थापाले बताए । उनले सरकारले प्राधिकरणलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको बताए । 

बुढी गण्डकीको जलाशययुक्त क्षमता १२ सय मेगावाट रहेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको जिम्मा एक चिनियाँ कम्पनीलाई दिएको भए पनि देउवा सरकारले एक साता अघि मात्र खारेज गरेको थियो ।

विशेष