News

सेन्ट्रल जेलबाटै कैदी फरार

सेन्ट्रल जेलबाटै कैदी फरार

काठमाडौं। केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् ।

जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण गरिएको थियो ।

प्रहरीका अनुसार कारागारभित्रैको मन्दिरमाथि उक्लिएर पर्खाल नाघेर शाही भागेको आशंका गरिएको छ । प्रहरीले दुई दिन बित्दा पनि पक्राउ गर्न सकेको छैन ।

अन्नपूर्ण पोस्ट

विशेष