News

प्रहरीकै अगाडि नक्कली मेजरको यो कस्तो फुर्ती ?

प्रहरीकै अगाडि नक्कली मेजरको यो कस्तो फुर्ती ?

काठमाडौं । धादिङ प्रहरीले एक जना नक्कली मेजरलाई पक्राउ गरेको छ । नेपाली सेनाकै पोशाकमा रहेर मेजर हुँ भनेर धम्क्याउदैं हिडने काठमाडौं सुकेधारा निवासी ३१ वर्षीय रोशन प्रसाईंलाई गजुरीस्थित प्रहरीले पक्राउ गरेको हो ।

सेनाकै पोशाकमा रहेका उनलाई शुक्रबार राति २ बजे ट्रक चालकहरुसँग झगडा गरिरहेको अवस्थामा गजुरी प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले प्रहरी नियन्त्रणमै झण्डै २ घण्टासम्म आफू वास्तविक सैनिक मेजर भएको दाबी गर्दै आएका थिए । प्रसार्इंले आफूलाई काठमाडौंको छाउनी व्यारेकमा कार्यरत रहेको समेत बताएका थिए ।

गजुरीस्थित इलाका प्रहरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले उनको कुरा बनावटी रहेको देखिएपछि आफूहरुले अनुसन्धान गर्दा नक्कली भएको देखिएको बताए । प्रसाईले बास्तविक मेजरकै फेसबुक प्रोफाइलसमेत देखाई आफनै भएको बताएका थिए । प्रसाईले यसअघि पनि नेपाली सेनाका उच्च पदमा कार्यरत रहेको बताउँदै ठगी गर्दै आएको प्रहरीले बताएको छ ।

 

विशेष