भक्तपुरमा बम विष्फोट

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ हेल्थपोस्टनजिकै ६ः३० बजे बम विष्फोट भएकाे छ ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी बम विष्फोट भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेको वस्तीमा सो बम विष्फोट गराइएको हो ।
मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जानकारी दिएको छ ।
bomb blast