News

मौन अवधिमा सञ्चारमाध्यमकाे आचारसंहिता उल्लंघनका ४८ घटना

मौन अवधिमा सञ्चारमाध्यमकाे आचारसंहिता उल्लंघनका ४८ घटना

काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ । 

काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना पाइएका छन् । तीमध्ये ११ वटा छापामा २४, तीनवटा रेडियोमा चार–चार वटा, टेलिभिजमा पाँच र छ वटा अनलाइनमा १५ वटा घटना देखिएका छन् । 

यी आम सञ्चारमाध्यमले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रचारप्रसार तथा विज्ञापन सम्प्रेषण गरेको पाइएको छ । आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण गरेकाले यी सबै आम सञ्चारमाध्यमलाई पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन तत्कालै पत्राचार गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । 

मौन अवधि शुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आम सञ्चारमाध्यममा यस्तै उल्लंघनका ११३ वटा घटना देखिएका थिए, जसमा २४ वटा छापामा ३४ वटा, १८ वटा रेडियोमा ३२, सातवटा टेलिभिजमा २७ र पाँचवटा अनलाइनमा २० वटा घटना पाइएका थिए । 

Press Council Nepal

विशेष