विदेश

यस्ता स्वास्थ्य मन्त्री, भन्छन् क्यान्सर पापका कारण लाग्छ

यस्ता स्वास्थ्य मन्त्री, भन्छन् क्यान्सर पापका कारण लाग्छ

भारत । भारतको आसाम राज्यका स्वास्थ्य मन्त्रीले क्यान्सरलाई पापसँग जोडेपछि व्यापक विरोध भएको छ ।

आसामका स्वास्थ्य मन्त्री हिमन्त विश्व शर्माले क्यान्सर हुनु भनेको ‘इश्वरीय न्याय’ र विगतमा मानिसले गरेको पापका कारण हुनेभनेपछि उनको विरोध भएको छ ।

शर्माले मानिसमा क्यान्सरजस्तो रोग लाग्नुमा बुवाआमाको पाप पनि कारक तत्व भएको बताएका थिए । शर्माको यस्तो अभिव्यक्ति आएपछि क्यान्सरबाट पीडित विरामी र आफन्त दुखी भएका छन् । विपक्षी दलले शर्माको अभिव्यक्ति तल्लो स्तरको भएको भन्दै सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् ।
विपक्षी दलले स्वास्थ्य मन्त्री शर्माले राज्यमा फैलँदो क्यान्सरको रोकथाम गर्न नसकेपछि यस्तो अभिव्यक्ति दिएको बताएका छन् ।

आफ्नो अभिव्यक्तिको व्यापक विरोध भएपछि सरकारमा रहेको भारतीय जनता पार्टीमा आवद्ध शर्माले आफ्नो अभिव्यक्तिको गलत व्याख्या भएको प्रतिक्रिया दिएका छन् ।

विशेष