News

सिरहामा प्रहरीमाथी गोली हान्ने ३ पक्राउ, घाइतेको अवस्था बुझ्न महानिरीक्षक अर्याल अस्पतालमा

सिरहामा प्रहरीमाथी गोली हान्ने ३ पक्राउ, घाइतेको अवस्था बुझ्न महानिरीक्षक अर्याल अस्पतालमा

सिरहा । सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनालाई सिरहा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए । प्रहरीले उनिहरको परिचय खुलाएको छैन । सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्दा एक म्यादी र एक प्रहरी घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार करिब ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका हुन् । उनिहरु दुवैको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कोखामा गोली लागेका म्यादी प्रहरी आदर्श र प्रहरी जवान मायारामलाई तत्काल उद्धार गरी कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गरी उपचार गरेपनि मायारामको अवस्था गम्भिर बन्दै गएपछि दुवैलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको बताईरहेकै बेला दिनदहाडै ड्युटीमा रहेका प्रहरीमाथि नै गोली प्रहार हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । घाइते दुवै प्रहरी प्रहरी चौकी भेडियामा कार्यरत रहेका थिए ।

विशेष