News

बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

विराटनगर । सडक बालकलाई काम लगाइदिने बहानामा भारत लाने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मुरदवा पौटा ग्रामपञ्चायत दाखा कोठी बस्ने ३१ वर्षीय मन्जित सिंह, मोरङ मोतिपुर घर भएका र हाल सुनसरीको इटहरी बस्दै आएका ३६ वर्षीय राजु भण्डारी र सुनसरी इटहरी–१० बस्ने २८ वर्षीय सुरज ऋषिदेव रहेका छन् ।

ती बालकहरु १२ देखि १६ वर्ष उमेरका रहेका छन् । सुनसरीको इटहरीमा बस्दै आएका तीन जना सडक बालकलाई भारतमा काम लगाई दिने वहानामा उनीहरुले भारततर्फ लैजाने क्रममा प्रहरीले विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीको रेल्वेस्टेशनवाट उनीहरुलाई नियन्त्रण लिएको थियो ।

आजको गोरखापत्रमा खवर छ ।

विशेष