News

गुप्तांगमा एसिड राखेर मतपत्रमा एसिड खन्याउन पुगीन यी महिला

गुप्तांगमा एसिड राखेर मतपत्रमा एसिड खन्याउन पुगीन यी महिला


रुकम । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन हुँदै गर्दा पश्चिम रुकुमका दुई मतदान केन्द्रका मतदान स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भयो। यसको कारण थियो, मतपेटिकामा एसिड हालेर जलाइनु ।

यसमध्ये बाँफीकोट गाउँपालिका–३, हिमालय मावि ‘ख’ केन्द्रमा समानुपातिक र आठबिसकोट नगरपालिका–११ गत्तासैनास्थित रत्ना निमाविमा २१ मंसीरमा पुनस् निर्वाचन हुने भएको छ ।

पश्चिम रुकुमकै आठबिसकोटको घटनामा पनि एकजना पक्राउ परेका छन्। तर त्यस सम्बन्धी धेरै जानकारी मैले पाएको छैन। नियन्त्रणमा रहेका शंकास्पद व्यक्तिसँग त्यहाँस्थित प्रहरी इकाइले त्यसबारे छानविन गरिरहेको छ।

आठबिसकोट–३ हिमालय मावि ‘ख’ मतदान केन्द्रमा चाहिँ प्रहरीको सावधानीका कारण एसिड लैजाने व्यक्ति पक्राउ परेकाले मतपेटिका जल्नबाट बचेको छ। एसिड बोकेर जाने रुपा बिकलाई प्रहरीले पक्राउ गरेको छ। र, उनीसँग एक चरणको सोधपुछ पनि गरेको छ।

रुपाले निकै चलाखीपूर्वक मतपेटिकामा एसिड हाल्ने योजना बनाएकी रहिछन्। मतदान गर्न जाँदा उनको हातमा केहीपनि थिएन। मतदान गर्न जानुअघि अरुलाई झैं रुपाको पनि शरीरको सामान्य खानतलासी लिइएको रहेछ। तर केही भेटिएन।

तर मतपत्र लिइसकेपछि छाप लगाएर जब मतपेटिकामा मतपत्र खसाल्ने बेला भयो, उनको हर्कत असामान्य देखियो। त्यसपछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिए। खासमा उनले मतपेटिकामा एसिड हाल्न खोजेकी रहिछन्। कति चलाखीपूर्वक तरिका अपनाइएको रहेछ भने, हामीपनि छक्क परेका छौं।

रुपाले एसिड मिसाइएको पाउडर त्यसरी नै शरीरको संवेदनशील भागमा लुकाएकी रहिछन्।

मतपेटिकामा मतपत्र खसाल्ने बेला जब उनको हर्कत असामान्य देखियो, त्यसपछि प्रहरीहरुले उनलाई पक्राउ गरे। रुपालाई पक्राउ गरेका प्रहरी सहकर्मीहरुले बताए अनुसार उनको साथमा रहेको एसिड पाउडर संवेदनशील अंगको भित्री पोशाकमा राखिएको रहेछ।

 

विशेष