News

एकाबिहानै हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

पाइलटसहित दुई घाइते

एकाबिहानै हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा मंगलबार विहान तारा एयरको विमान दुर्घटना भएको छ । उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा पाइलट र एक जना स्टाफ घाइते भएका छन् । विमानको अगाडिको भागमा पनि क्षति पुगेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

विशेष