News

मन्त्रीका अंगरक्षकको हिर्दयघातका कारण मृत्यु

मन्त्रीका अंगरक्षकको हिर्दयघातका कारण मृत्यु


काठमाडौं । चुनावी मोर्चामा खटएिका मन्त्रीका अंगरक्षकको हिर्दयघातका कारण मृत्यु भएको छ ।

बिना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको हो ।

नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हिर्दयघात का कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खौली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए । मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेको अवस्थामा राति अचानक असहज महसुस गरेपछि उनलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

उपचारका लागि नर्सिङ होम पुर्याउना साथ बिहान १ बजेर ४५ मिनेटमा बुढालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताए ।

विशेष