विदेश

नेतृ सू चीलाई दिइएको सम्मान 'फिर्ता'

नेतृ सू चीलाई दिइएको सम्मान 'फिर्ता'

काठमाडौं ।  म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड सम्मान फिर्ता लिइएको छ । सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।

स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन्।
उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने भन्दै फिर्ता लिएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू चीको तस्वीर कलेजबाट हटाइसकेको छ। संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ुपाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहारु भन्दै आएको छ। तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।  पछिल्लो समय कतिपयले सू चीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्।

गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र ुजातीय सफायाु भइरहेको आरोपबारे पनि केही बोलिनन्।

विशेष