News

सानेपामा भीषण आगलागी

सानेपामा भीषण आगलागी

ललितपुर । ललितपुरको सानेमा चोकमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ।

केही बेरअघि अचानक तारबाट झिल्को उठेपछि आगलागी भएको हो। यहाँका तीन ठाउँमा आगो लागेको र एक ठाउँको ट्रान्सफर्मर पड्किएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिकाको वारुणयन्त्रले आधा घन्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको थियो। सो क्षेत्रमा अहिले विद्युत अवरुद्ध भएको छ

विशेष