विदेश

विवाह बन्धनमा बाँधिदै राजकुमार ह्यारी, यी हुन् प्रेमिका

विवाह बन्धनमा बाँधिदै राजकुमार ह्यारी, यी हुन् प्रेमिका

लन्डन। बेलायतका राजकुमार ह्यारीले आफ्नो प्रेकिा अमेरिकी नायिका मेगन मार्कलसँग विवाह गर्ने निश्चित भएको छ ।

राजकुमार ह्यारी र मेगनले केहि वर्षयता एक–अर्कालाई माया गर्दै आएको उल्लेख गर्दै उनीहरुले अब विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले सोमबार घोषणा गरेको हो ।

बेलायतको राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा रहेका राजकुमार ह्यारीले अब आउने बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् । क्लारेन्स हाउसले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘ विवाहपश्चात् उनीहरु केन्जींगटन प्यालेसस्थित नटिंगम कटेजमा बस्ने छन् ।’

‘बीबीसी’का अनुसार राजकुमार ह्यारी र मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए । विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रुपमा देखा परेका थिए

विशेष