विदेश

मोदीले भने चीया बेचेको हुँ, देश बेचेको हैन

मोदीले भने चीया बेचेको हुँ, देश बेचेको हैन


गुजरात। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावी अभियानमा मैदानमा उत्रिएका छन् ।

सोमबार प्रधानमन्त्री मोदीले गुजरात चुनावी अभियान आगाछ कच्छस्थित आशापुर देवीको दर्शन गरेर सुरु गरेका छन् । पछिल्लो समय निकै महत्वका साथ हेरिएको गुजरात चुनावमा भारतीय कांग्रेसका नेता राहुल गान्धी सक्रिय रुपमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदिविरुद्ध मैदानमा उत्रिएका थिए । उनले आगाछ कच्छस्थित चुनावी र्‍यालीलाई सम्बोधन गरेर कांग्रेस र राहुल गांधीमाथि खनिएका थिए ।

प्रधानमन्त्री मोदीले नोटबन्दिलाई लिएर कांग्रेसले गरेको टिप्पणीको जवाफ दिँदै कांग्रेस निराशामा डुबेको पार्टी भएको बताए । कांग्रेसका नेता गान्धीले मोदिलाई चियावाला भनेर टिप्पणी गरेपछि त्यसको जवाफमा उनले कांग्रसलाई एक चियावाला प्रधानमन्त्री बनेकोमा किन पीर लागेको होला भनेर प्रतिप्रश्न गरेका थिए ।

उनले र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘कांग्रेससँग मेरो निवदेन छ की मेरो गरीबीको खिल्लि नउडाउ । मैले चिया बेचेको हुँ, देश हैन ।

विशेष